झापा, जेठ १४ । इलाममा लडेर एकजना गंभीर घाइते भएका छन् ।

गएराति ९.३० बजे इलाम.नगरपालिका ६ कारागार वस्ने ३७ वर्षीय सन्तोष ढकाल बाटोमा लडिरहेको अवस्थामा फेला परेका हुन् । छिमेकीले देखेर उनलाई उपचारको लागि जिल्ला अस्पताल इलाम पुर्याएकोमा थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।
घाइतेको दाहिने आँखामाथि चोट लागेको छ । बोल्न नसक्ने अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।