झापा, जेठ १४ । ओखलढुंगामा १३ वर्षीया नाबालिकालाई पालैपालो बलात्कार गर्ने र भिडियो बनाउने पाँचजना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेहरु १५ र १६ वर्षका किशोरहरु रहेका छन् ।

जेठ ११ गते दिउँसो १२ बजे ओखलढुङ्गा मोलुङ गाउँपालिका वडा नं.– २ मा त्यस किसिमको घटना भएको हो । पाँचजनाले पालैपालो जवरजस्ती करणी गरेका थिए । दुईजनाले फोटो खिच्नुका साथै भिडियो बनाएका थिए । उनीहरुले यो कुरा कोही कसैलाई भनेमा बालिकालाई मारिदिने र उसको आमालाई समेत जवरजस्ती करणी गरी मारिदिने धम्की दिएका थिए ।
धाकधम्की दिई सामूहिक जबरजस्ती करणी गरेको भनि हिजो दिउँसो ४ बजे जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गामा लिखित जाहेरी प्राप्त हुनसाथ ७ जनाको प्रहरी टोली खटिएर उनीहरु सबैलाई नियन्त्रणमा लिएको छ ।