झापा, जेठ १४ । इलाममा तातो खोलेमा डुबेर एक नवजात शिशु गंभीर घाइते भएका छन् ।

आज बिहान १०ः३० बजे इलाम माङसेबुङ गाउँपालिका २ याङरुपा .बस्ने दिवस राईका छोरा १६ महिनाका रिजन राई आफ्नै घरमा खेल्ने क्रममा गाईको लागि आगोबाट खोले पकाउने ठाउँमा पुगेर तातो खोलेमा डुबेका थिए ।
घाइते शिशुको नोबेल हस्पिटल बिराटनगरमा उपचार भइरहेको छ । उनको अनुहार र शरीरको करिब ७० प्रतिशत भागमा पोलेको र आइसीयुमा राखी उपचार भइरहेको प्रहरीले जनाएको छ ।