झापा, जेठ १४ । विभिन्न दाताहरुको सहयोगमा तीब्ररुपमा विश्रान्ती घाट निर्माण भइरहेको बिर्तामोड ८ को भेलागुडीमा मलामी विश्राम घर पनि निर्माण हुने भएको छ ।


करिव दुई सयजना मलामी अट्ने क्षमता भएको मलामी विश्राम घर निर्माण गर्न लागिएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । सो मलामी विश्राम घरको भोलि बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

विश्रान्ती घाटको पाइलिङको काम आज सम्पन्न भएको घाट निर्माण समितिका सचिव मदन अधिकारीले बताए । उनले विभिन्न दाताहरुबाट सहयोग जुट्ने क्रममा अहिलेसम्म करिव ४ लाख रुपैयाँ संकलन भएको जानकारी दिए । दाताहरुबाट निर्माण सामग्री पनि सहयोग प्राप्त भइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्