झापा, जेठ १५ । मोरङको उर्लावारीमा मोटरसाइकलको ठक्करबाट झापा बिर्तामोड– १ का ५८ वर्षीय लक्ष्मीनारायण राजवंशीको मृत्यु भएको छ ।

सोमवार राति अन्दाजी ९.२५ बजे उर्लाबारी– ३ सोल्टी पुलस्थित पूर्वपश्चिम राजमार्गमा उर्लाबारीबाट पथरीतर्फ जाँदै गरेको प्रदेश १–०२–०५३प २५०५ नम्बरको मोटरसाइकलले पैदलयात्री राजवंशीलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर गम्भीर घाइते भएका राजवंशीलाई उपचारका लागि न्यूरो हस्पिटल विराटनगर लगिएकोमा गएराति १:५७ बजे उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लावारीका प्रहरी निरीक्षक रन्जन बरालले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक धरान –१५ घर भई हाल उर्लाबारी –३ मा बस्ने ३२ वर्षीय इश्वर शंकर सामान्य घाइते भएका थिए । उनलाई उपचारको लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मंगलबारे लगिएको थियो । मोटरसाइकल चालक शंकर डिस्चार्ज भई इप्रका उर्लावारीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्