झापा, जेठ १५ । पाँचथरमा करेन्ट लागेर एक विद्युत कर्मचारीको घटनास्थलमै मृत्यु भएको छ ।

हिजो साँझ अन्दाजी ७ बजे पाँचथर मिक्लाजुङ गाउँपालिका वडा नं.–२ सप्तमीमा रहेको सौर्य ऊर्जा मिनी ग्रीड बिद्युतीय कार्यालयमा कार्यरत सोही ठाउँ बस्ने ४१ वर्षीय झलेन्द्र भन्ने चन्द्र मगरको करेन्ट लागेर मृत्यु भएको हो । बिद्युतीय पंखाको ट्रान्समिटर मर्मत गर्ने क्रममा उनलाई अचानक करेन्ट लागेको थियो ।
कानुनी प्रकृया पूरा गरी पोस्टमार्टमको लागि मगरको शव रबि आधारभूत अस्पताल पाँचथर पठाइएको इलाका प्रहरी कार्यालय रविका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिएका छन् ।