झापा,जेठ १५ । नेपाली कांग्रेसका नेता तथा पूर्वराज्यमन्त्री  गणेशबहादुर खड्काको निधन भएको छ ।

कांग्रेस दैलेखका पूर्वसभापति, पूर्वसांसद, पूर्वराज्यमन्त्री  खड्काको निधन भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।
उपसभापति खड्काले सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री तथा नाताले आफ्नो दाजु खड्काको निधनको दुःखद खबरले आफू स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् ।
कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८ र २०५१ र २०६४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
२०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका पार्टीको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति थिए । भौतिक योजना तथा निर्माण एवं यातायात राज्यमन्त्री  बनेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्