झापा,जेठ १५ । राप्रपाले आन्दोलनका लागि काठमाडौँ आएका राजावादीलाई आवागमनमा बाधा उत्पन्न गर्ने प्रयास भएको आरोप लगाएको छ ।


राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नौबिसे हुँदै काठमाडौँ आइरहेकारुलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको सूचना प्राप्त भएको बताए ।
‘राजसंस्था पक्षधरहरूको आजबाट हुने आन्दोलनमा सहभागी हुन नौबिसे हुँदै काठमाडौँ आइरहेका विभिन्न भूगोलका राष्ट्रवादी साथीहरूलाई रोक्ने, अनावश्यक सोधपुछ गर्ने र आवागमनमा बाधा उत्पन्न गरिएको भन्ने सुचना आएको छ। त्यसो नगर्न र सहज वातावरण बनाउन जिम्मेवारीपूर्वक प्रशासनको ध्यानाकर्षण गराउँदछ’, उनले सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।
राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थालाई चुनौती दिँदै आन्दोलन सुरु गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्