झापा, जेठ १५ । गणतन्त्र दिवसको अवसरमा पाँचथरको मिक्लाजुङ गाउँपालिका– ४ मा रहेको रवि बजारमा सरसफाइ गरिएको छ ।

मिक्लाजुङ गाउँपालिकाको आयोजना तथा इलाका प्रहरी कार्यालय रवि लगायत सम्पूर्ण सरकारी कार्यालय ,संघ– संस्था तथा बजारबासीहरुको सहभागितामा १८ औ गणतन्त्र दिवसको अवसरमा बजार सरसफाइ गरिएको इलाका प्रहरी कार्यालय रविका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीले बताए ।

कार्यक्रममा मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिम ,उपाध्यक्ष सन्तकुमार शेर्मा , प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, बजार ब्यवस्थापन समितिका अध्यक्ष हेमबहादुर तामाङ, इलाका प्रहरी कार्यालय रविका प्रमुख प्रहरी निरीक्षक ढुण्डीराज गिरीलगायत करिव सयजनाको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्