झापा, जेठ १६ । झापाको मेचीनगर नगरपालिका वडा नं. १० धुलाबारी चोकमा रहेको एक होटलमा आगलागी भएको छ ।

दिपक निरौलाले आफ्नै घरमा संचालन गरेको खाजा घरमा राति १०.१० बजे अचानक बिद्युत सर्ट भई आगलागी भएको हो । आगलागीबाट होटलमा रहेका फ्रिज, टिभी , बिद्युतीय चुलो र विभिन्न सरसामान जल्दा अन्दाजी १ लाख बराबरको क्षति भएको छ ।

प्रहरी, स्थानीय र मेचीनगर नगरपालिकाको दमकलको सहयोगमा आगो पूर्णरुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्