झापा, जेठ १६ । अर्जुनधारा ८ बिजुली अफिस पूर्वटोलस्थित जलेश्वर कीर्तन मण्डलीले नयाँ कार्यसमिति चयन गरेको छ ।

टोल समिति अध्यक्ष पुनम चौहानको निवासमा सम्पन्न टोल समिति र कीर्तन मण्डली समितिको संयुक्त बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । समितिको अध्यक्षमा गोमा दाहाल,उपाध्यक्षमा गिता गौतम,सचिवमा सीता रेग्मी ,सहसचिव लिला चापागाईँ,कोषाध्यक्षमा कल्पना चौहान चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा गंगादेवी अधिकारी,मिना दाहाल,गोमा भण्डारी,रिना दाहाल ,सृजना रसाईली र कबिता दाहाल रहेका छन् । ११ सदस्यीय कार्यसमितिको कार्यकाल २ बर्षको रहेको छ ।

कार्यक्रममा मण्डलीकी निवर्तमान अध्यक्ष बिमला गौतमले नयाँ कार्यसमितिले जलेश्वर कीर्तन मण्डलीलाई अझ उचाईमा पुर्याउन सकोस् भन्दै शुभकामना दिइन् । त्यसैगरी बिजुली अफिस पूर्वटोल समितिकी अध्यक्ष पुनम चौहानले जलेश्वर कीर्तन मण्डली टोलकै पहिचान भएकोले आगामी दिनमा नगरकै उत्कृष्ट कीर्तन मण्डली बन्न सकोस् भन्दै शुभकामना दिइन् ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै टोल समितिका कोषाध्यक्ष ध्रुब पोख्रेल र सहसचिब महेश ढकालले जलेश्वर कीर्तन मण्डली स्थापना हुनुको मुल उद्धेश्य सामाजिक एकता र आगामी पुस्तालाई धर्मकर्मप्रति जागरण होस् भन्ने रहेको भन्दै नयाँ कार्यसमितिले टोलको गरिमालाई अझ उचाईमा पुर्याउनेमा बिश्वास व्यक्त गरे ।

सोही बैठकले ५ सदस्यीय सल्लाहकार समितिसमेत चयन गरेको छ । सल्लाहकार समितिमा रामप्रसाद ढकाल,सरु बुढाथोकी,खेमप्रसाद दाहाल,तारा प्याकुरेल र बिमला गौतम रहेका छन् । नयाँ समिति चयनमा टोल समिति सचिव रमेश नेपालले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्