झापा, जेठ १७ । एनसीसी तालिम प्राप्त भूतपूर्व विद्यार्थीहरुको संगठन एनसीसी आल्मुनाई एसोसिएसन र अरिदमन गण चारआलीका सेनाको टोलीले पाउ पाथिभरा मन्दिर क्षेत्रमा सरसफाई गरेका छन् ।

एनसीसी आल्मुनाई एसोसिएसनका १६ जना सदस्य र अरिदमन गणका उपसेनानी समित कार्कीको कमाण्डमा १८ जनाको टोलीले संयुक्तरुपमा मन्दिर क्षेत्र सरसफाई गरेका हुन् । त्यसअवसरमा इस्ट होराइजन स्कुल मेचीनगरले पाउ पाथिभरा मन्दिरलाई ८ वटा डस्टविन र ५ वटा झाडु वितरण गरेको छ ।

सरसफाईअघि एनसीसी आल्मुनाई एसोसिएसनले विपद् व्यवस्थापनका कार्यहरु संचालन गर्ने र एसोसिएसनलाई क्रियाशील बनाउने बिषयमा गणमा दोस्रो बैठक बसी छलफल गरेको थियो । इष्ट होराईजन स्कुलकी रेजिना वनको अध्यक्षतामा एनसीसी आल्मुनाई एसोसिएसन गठन भएको हो । जसको उपाध्यक्षमा प्रवेश दाहाल इष्ट होराईजन, सचिव रचना गुरुङ टावर टेम्पल तथा सदस्यहरुमा तान्छोक्मा लावती धुलाबारी मा.बि.,बिनय ओली धुलाबारी मा.बि.,उज्जवल के.सी.इष्ट होराईजन र रायन खान इष्ट होराईजन रहेका छन् ।
