झापा, जेठ १७ । झापाको भद्रपुर –१० चैतुमन्दिरमा दिनदहाडै हतियारसहित भिडन्त गर्न खोज्ने दुईजना पक्राउ परेका छन् ।

आज दिउँसो १२ः३० बजे भद्रपुर –१० चैतुमन्दिर बस्ने बिनोद राजवंशीलाई घरमा बसिरहेको अवस्थामा चन्द्रगढी युथ क्लब ( सीवाइसी) का करिब २५ जना युवाहरु आई कुटपिट गर्दा राजवंशीले घरमा भएको कट्टा निकाली ती युवाहरुलाई लखेटेका थिए । केहि समयपश्चात् पुनः ती युवाहरु खुडा लिएर राजवंशीलाई गालीगलौज गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली खटिएर राजवंशी र सीवाइसीका रेजिन सुब्बालाई नियन्त्रणमा लिएको हो। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय लगिएको छ । विवादमा संलग्न राजवंशी यसअघि लागूऔषध मुद्धामा ४ बर्ष जेल सजाय भुक्तान गरि एक बर्ष अगाडि जेलबाट छुटेको बुझिएको छ ।