झापा, जेठ १७ । इलामको सूर्योदय नगरपालिका –५ मा जंगली चितुवा मृत भेटिएको छ ।

फाइल तस्वीर

आज साँझ ५ बजेतिर सूर्योदय –५ बस्ने ३६ वर्षीया कमला गिरीले घाँस काट्दै गर्दा बाङ्गे खोलाको खोल्सीमा जंगली चितुवा मृत अवस्थामा भेटेकी थिइन् ।

प्रहरी चौकी श्रीअन्तुबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको र थप अनुसन्धान तथा कानुनी प्रकृयाका लागि सव डिभिजन वन कार्यालय बरबोटेबाट टोली घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्