झापा, जेठ १८ । घर अगाडिको खाल्डोमा डुबेर मोरङमा एक बालकको मृत्यु भएको छ ।

हिजो दिउँसो ४ बजे मोरङ रंगेली नगरपालिका–६ मधुवनी टोल बस्ने रविनकुमार महतोका छोरा २ वर्षीय आयुष महतो आफ्नै घर अगाडी खेल्ने क्रममा घरनजिकै पानी जमेको खाल्डोमा डुबेका थिए ।
डुबेर सिकिस्त बालकलाई आफन्तले देखेर साँझ ५ बजे उपचारको लागि रंगेली अस्पताल लगेकोमा अस्पतालका डाक्टरले चेकजाँच गर्दा मृत्यु भइसकेको थियो । मृतक बालकको शव सोही अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।