झापा , जेठ १९ । झापाको दमकमा हावाहुरीले ठूलो क्षति पुर्याएको छ ।

गएराति ९ बजे अबिरल बर्षासंगै आएको हावाहुरीले दमक नगरपालिका वडा न.९ मा बन्द अवस्थामा रहेको तुलसी बहुमुखी सहकारी संस्थाको भवनको अगाडीको सम्पूर्ण सिसा फुटी झर्दा सोही भवन अगाडी पार्क गरी राखेको मे १ ज २०३० नम्बरको बोलेरो गाडीको अगाडीको सिसा फुटेको छ । साथै बोलेरोको अगाडीको भागसमेत कुच्चिएर क्षति भएको छ ।

सोही भवनको माथि लगाएको ट्रस समेत हावाले उडाई सोही स्थानमा बस्ने कमला पोखरेल(भट्टराई) ले संचालन गरेको दाजुभाई पसलको छानोमा ट्रस झरी क्षति पुगेको छ । घटनाको क्षतिको विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै हावाहुरीसंगै आएको पानीले दमक नगरपालिका वडा न.४ अडियामलमा अडियामलबाट आम्दा अस्पताल निस्कने भित्री सडकखण्डमा रहेको ७ वटा बिजुलीको पोल ढलेको छ । पोल ढलेर बाटो अबरोध भएसंगै बिजुलीको लाइन काटिएको छ । इलाका प्रहरी कार्यालय दमकबाट टोली खटिएर बुझ्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्