झापा, जेठ १९ । संविधानविपरीत गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली ल्याएको भन्दै यातायात व्यवसायीले ७ बुँदे मागसहित आज देशैभरीका सार्वजनिक यातायात चलाएका छैनन् ।

सार्वजनिक यातायात नचल्दा यात्रुहरुले सास्ती भोग्नु परेको छ । झापामा पनि लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन चलेका छैनन् ।सडकमा मालवाहक सवारी साधन , निजी मोटरसाइकल, अटो रिक्सा, कार र ट्याक्सीहरु मात्र चलेको देखिन्छ ।घोषित कार्यक्रम अनुसार नै व्यवसायीले कालो नम्बर प्लेटका सवारी साधन नचलाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।

यातायात व्यवसायीका अनुसार सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत संघीय ऐनसँग बाझिने गरी प्रदेश सरकारले ऐन ल्याएपछि सार्वजनिक यातायात जोगाउन आन्दोलन गर्नु परेको हो । गण्डकी प्रदेश सरकारले जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारी साधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेज हुनुपर्नेसहितका विभिन्न ७ वटा बुँदमा व्यवसायीहरुको माग छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्