झापा, जेठ १९ । नयाँ विद्यार्थीहरुलाई स्वागत गर्ने बिषयमा स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) को दुई समूहबिच उत्पन्न विवादलाई लिएर मेची बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन् ।

मेची बहुमुखी क्याम्पसमा बिबिएस प्रथम बर्षमा नयाँ भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत गर्ने बिषयमा स्ववियुको दुई समूहबिच विवाद भएको हो ।

स्ववियुका कोषाध्यक्ष प्रतिक साहको समूहले प्रशासनिक भवनमा हिजो तालाबन्दी गरेका थिए । पहिला एउटा समूहलाई स्वागत कार्यक्रमको लागि क्याम्पस प्रशासनले अनुमति दिइसकेको अबस्थामा अर्को समूहले पनि स्वागत कार्यक्रम गर्न अनुमति माग्दा नपाएपछि तालाबन्दी गरेको जनाइएको छ ।

आज दिउँसो दुई समूहबिच सहमति भई तालाबन्दी खुलाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्