झापा, जेठ २० । इलाममा अर्को चितुवा मृत फेला परेको छ ।

आज बिहान ८ः२० बजे इलाम सूर्योदय नगरपालिका– ४ गिरीगाउँस्थित कैलाश गिरीको घरदेखि अन्दाजी २०० मिटर टाढा चियाबारीको खोल्सीमा चितुवा मृत फेला परेको हो । प्रहरी चौकी श्रीअन्तुबाट प्रहरी टोली खटिएर वन कार्यालयका कर्मचारीसंग आवश्यक समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

यसअघि गत शनिवार इलामको सूर्योदय नगरपालिका –५ मा जंगली चितुवा मृत भेटिएको थियो । सूर्योदय –५ बस्ने ३६ वर्षीया कमला गिरीले घाँस काट्दै गर्दा बाङ्गे खोलाको खोल्सीमा सड्न लागेको जंगली चितुवा मृत अवस्थामा भेटेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्