झापा,जेठ २० । प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित भएको छ।

आज बिहान ११ बजेका लागि तय गरिएको बैठक २ बजेका लागि सारिएको थियो भने निर्धारित समयमा बस्न नसक्ने भएपछि बैठक भोलि १ बजेसम्मका लागि स्थगित गरिएको सभामुखको सचिवालयले जनाएको छ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गरेका विपक्षी दलहरूसँगको छलफलमा सहमति जुट्न नसकेपछि बैठक भोलिका लागि सारिएको हो। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा आउनुपर्ने र छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग बनाउनुपर्ने विपक्षी दलहरूको अडान छ।
विपक्षीहरूले संसदमा अवरोध जारी राख्ने बताएपछि सभामुख देवराज घिमिरेले सत्ता पक्ष र विपक्षी दलहरूसँग छुट्टाछुट्टै छलफल गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्