झापा, जेठ २० । झापाको बाह्रदशीमा मृग मृत फेला परेको छ ।

बाह्रदशी गाउँपालिका वडा न.४ मेचे टोलस्थित घाग्रा खोला छेउ .बस्ने मदनकुमार न्यौपानेको टिकको बिरुवा रोपेको जग्गामा मृग मृत फेला परेको हो । अन्दाजी २–३ दिन अगाडी मरेको हुनसक्ने मृत मृग स्थानीयले आज मध्यान्ह फेला पारी प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी चौकी फुलवारीबाट टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । जलथल सव डिभिजन वन कार्यालयबाट गएको टोलीले मुचुल्का गरी सोही स्थानमा खाल्डो खनेर सदगद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।