झापा, जेठ २१ । गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङ्ने क्रममा करेन्ट लागेर भोजपुरमा एकजनाको मृत्यु भएको छ ।

हिजो दिउँसो ३.३० बजे भोजपुर नगरपालिका ९ पेम्बा छेउलिङ गुम्बामा स्थायी बसोवास गर्ने ४२ वर्षीय आङतेम्बा शेर्पा गुम्बामा काँचो बाँसमा झण्डा लगाई टाङ्ने क्रममा बिद्युतीय लाईनमा छुन गई उनको घटनास्थलमै मृत्यु भएको हो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट प्रहरी टोली खटिएर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।