झापा, जेठ २१ । महिला दुर्व्यसनीलाई पक्राउ गर्न खोज्दा लडेर इलाका प्रहरी कार्यालय बिर्तामोडकी एक महिला प्रहरी घाइते भएकी छन् ।

गएराति ९ः३० बजे बिर्तामोड वडा न.१ अधुवा खोलाको पुल मुनि लागूऔषध सेवन गरिरहेका दुईजना महिला दुर्व्यसनीलाई पक्राउ गर्न खोज्दा लडेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा कार्यरत जवान अनिशा भण्डारी घाइते भएका हुन् । उनी ढुंगामा ठोक्किएर लडेकी थिइन् । घाइते भण्डारीलाई कनकाई अस्पताल बिर्तामोड लगी उपचार गराइएको प्रहरी स्रोतले जनाएको छ । उनको बायाँ खुट्टाको लिगामेन्ट चर्केको छ ।

भण्डारी लडेपछि ती महिला दुर्व्यसनी फुत्केर भाग्न सफल भएका छन् । बिर्तामोडको अधुवा खोलाको पुल लागूऔषध दुर्व्यसनीको अखडाजस्तै बनेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्