झापा, जेठ २१ । इलामको सूर्योदयमा ट्रयाक्टर दुर्घटना हुँदा सहचालक गंभीर घाइते भएका छन् ।

आज साँझ ५ बजे सूर्योदय नगरपालिका ४ राई टोलमा राई टोलबाट गुफापातल जाने सडक निर्माणको लागि मे ००१ ट ९४२७ नम्बरको ट्रयाक्टरमा ढुङ्गा लोड गरी लाने क्रममा ओरालोमा अचानक ब्रेक फेल भई सो ट्रयाक्टर सडकबाट अन्दाजी ७० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा ट्रयाक्टर चालक इलाम नगरपालिका १० गोदक बस्ने २४ वर्षीय बिशाल कुरकुटीलाई केही नभएको तर सहचालक सोही ठाउँ बस्ने २२ वर्षीय अस्मिन लाप्चा गंभीर घाइते भएका छन् । उनको कम्मर र गालामा चोट लागेको छ । लाप्चालाई उपचारको लागि विर्तासिटी अस्पताल बिर्तामोड ल्याइएको छ । चालक प्रहरी चौकी श्रीअन्तुको सम्पर्कमा रहेको र ट्रयाक्टरको विभिन्न भागमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।