झापा,जेठ २१ । आईपीएलमा पहिलो पटक च्याम्पियन बनेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)को विजय उत्सव शोकमा परिणत भएको छ।

उत्सवको क्रममा रंगशाला भित्र र बाहिर अचानक भीड अनियन्त्रित भएपछि अराजकता मच्चियो। यसमा धेरै मानिस कुल्चिए र दर्जनौँ घाइते भएका छन्। घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर रहेको बताइएको छ।समाचार एजेन्सी रोयटर्सले टिभी च्यानलहरूलाई उद्धृत गर्दै भागदौडमा ११ जनाको मृत्यु भएको बताएको छ। साथै ३३ जना घाइते भएको बताइएको छ।
करिव १ लाख फ्यानहरू रंगशालामा पुगेका थिए । कर्नाटकका मुख्यमन्त्री सिद्धारमैयाले पत्रकार सम्मेलनमा सो घटनाको छानविन गरिने बताएका छन् ।