झापा, जेठ २२ । विश्व वातावरण दिवसको अवसरमा अरिदमन गणले सुरक्षा प्रदान गरिरहेको मेचीनगर नगरपालिका वडा नं. १४ दुवागढीस्थित होल्डिङ सुरक्षा पोष्टको अगाडी बृक्षारोपण गरिएको छ ।

अरिदमन गणको अगुवाईमा होल्डिङ सुरक्षा पोष्टको अगाडी रहेको खाली जमिनमा विभिन्न प्रजातिका २३० वटा बिरुवा रोपिएको हो । अमला ४० रुद्राक्ष १५, सरिफा २०, टिक १५, निम २५ , बडर २०, जामुन ३०, रातो सिरिस १० , चिउरी २०, मसला १५, कल्की १५ र राजबृक्ष १५ वटा रहेका छन् ।
मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष बाबुलाल सुब्बा तथा स्थानीयवासीहरुको समेत सहभागितामा अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातको नेतृत्वमा खटिएको ११५ जनाको टोलीले सो बृक्षारोपण गरेको थियो ।