बिर्तामोड, जेठ २२ ।अष्ट्रेलिया, न्यूजिल्याण्ड,बेलायत, अमेरिका , क्यानडा लगायतका देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई लक्षित गर्दै झापाको बिर्तामोडमा पहिलो पटक शैक्षिक ‘रोड शो’ को आयोजना गरिएको छ ।

काठमाडौं इन्फोसिस एजुकेशन कन्सलटेन्सी ( केआईईसी ) को आयोजनामा जेठ २५ गते आइतवारका दिन बिर्तामोडमा शैक्षिक रोड शो को गरिने भएको हो । पाँच देशका १२ वटा युनिभर्सिटीका विज्ञहरुले रोड शो मा सहभागी विद्यार्थी र अभिभावकलाई शैक्षिक परामर्श प्रदान गर्ने बिर्तामोडमा विहीवार पत्रकार सम्मेलन गर्दै जानकारी दिइयो ।
केआईईसीका प्रवन्ध निर्देशक राजेन्द्र रिजालको समेत उपस्थितिमा बिर्तामोडमा शाखाको समेत उद्घाटन गर्दै विद्यार्थीलाई झापाबाटै शैक्षिक परामर्श प्रदान गर्ने तयारी गरिएको बताइएको छ ।
आलोक कार्की, सुशील भण्डारी, विवेक नेपाल , सुमन उप्रेती, प्रितम कोइराला, सुमन श्रेष्ठ गरी ६ जनाको संयुक्त लगानीमा बिर्तामोडस्थित भद्रपुर रोडमा केआईईसीको १६ औं शाखा सञ्चालनमा आउन लागेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
कन्सलटेन्सीबाट अध्ययनका लागि विदेश जाने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गरिने जनाइएको छ । जसका लागि भारतमा लामो समयसम्म काम गरेका शैक्षिक विज्ञहरुले परामर्श दिने केआईईसी बिर्तामोड शाखाका सञ्चालक भण्डारीले जानकारी दिए ।
कोशी प्रदेशमा बिराटनगर र इटहरीमा शाखा कार्यालय रहेको केआईईसीको वंगलादेशसहित अष्ट्रेलिया र युकेमा तीन वटा अन्तर्राष्ट्रिय शाखा रहेको सञ्चालक कार्कीको भनाई छ ।
केआईईसीको मुख्य कार्यालय भने काठमाडौंस्थित पुतलीसडकमा रहेको छ भने यो कन्सलटेन्सी विगत १९ वर्ष अघिदेखि सञ्चालनमा रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।