झापा, जेठ २३ । ताप्लेजुङको तमोर खोलाले बगाएर एक ११ वर्षीया बालिका बेपत्ता भएकी छन् ।

हिजो दिउँसो ३.५० बजेतिर ताप्लेजुङ फुङलिङ नगरपालिका –३ टाँरबारी बस्ने निङमा साङगे शेर्पाकी छोरी ११ वर्षीया गंगा शेर्पा लगायत ४–५ जना बालबालिका सोही ठाउँमा रहेको डम्पिङ साईटको फोहोरमा फालेको सामान खोज्ने क्रममा तिर्खा लागेर तमोर खोलामा पानी खान गएका थिए ।
पानी खाने क्रममा अचानक ढुङ्गाबाट खुट्टा चिप्लिएर गंगालाई खोलाले बगाई बेपत्ता बनाएको हो । अस्थाइ प्रहरी चौकी सिम्लेबाट प्रहरी टोली खटिएर स्थानीयको सहयोगमा खोजतलास भइरहेकोमा हालसम्म फेला नपरेको जनाइएको छ ।