झापा, जेठ २३ । हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा कन्काईमा ८ जना घाइते भएका छन् ।

आज बिहान अन्दाजी ८ बजे कनकाई वडा नं. २ जामुनखाडी बस्ने फरकबहादुर बस्नेतको करेसाबारीमा लगाएको बोडी टिप्न जाँदा ८ जना घाइते भएका हुन् ।

घाइते हुनेहरुमा कनकाई २ बस्ने ६४ वर्षीय फरकबहादुर बस्नेत , २६ वर्षीया अनु खड्का, २२ वर्षीया सन्ध्या कार्की , १८ वर्षीय सलिन कार्की , ३५ वर्षीय गोपाल बस्नेत , ५८ वर्षीया डम्बरकुमारी बस्नेत , २२ वर्षीया लक्ष्मी चौहान र ४४ वर्षीय तुलाराम कार्की रहेका छन् । घाइतेहरुको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र सबै जनाको अबस्था सामान्य रहेको छ ।

इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा टोली खटिएर थप बुझ्ने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्