झापा,जेठ २३ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चालु बजेट अधिवेशनबाट विद्यालय शिक्षा र निजामती सेवा ऐन जारी हुने बताएका छन् ।

शुक्रबार बिहान विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रियाका क्रममा उनले यस्तो बताएका हन् ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा मन्त्री गुरुङले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितलाई मुद्दा दर्ता गरेको विषयमा अख्तियारको नियमित काम भएको बतए । उनले भने,‘‘अख्तियार सरकारको समेत निगरानी गर्ने निकाय हो ।’’
उनले गृहमन्त्री रमेश लेखकमाथि विपक्षीहरूले राजनीतिक प्रतिशोध साँधेको बताउदै उनले राजीनामा दिनुनपर्ने बताए ।