झापा, जेठ २३ । झापाको कमलमा बाथरुममा चिप्लिएर ९३ वर्षीय बृद्धको मृत्यु भएको छ ।

गत जेठ १० गते बिहान १० बजे आफ्नै घरको बाथरुमबाट निस्किने क्रममा अचानक चिप्लिएर कमल गाउँपालिका वडा न. २ तोपगाछी बस्ने ९३ वर्षीय बृद्ध नन्दप्रसाद पौडेल घाइते भएका थिए ।
उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगी सामान्य उपचारपश्चात् थप उपचारको लागि बिराट टिचिङ अस्पताल बिराटनगर लगिएको थियो । सोही अस्पतालमा उपचारका क्रममा आज दिउँसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।