झापा, जेठ २४ । चोरी नक्कवजनी मुद्धा सम्बन्धी फरार प्रतिवादी अर्जुनधारा –११ का ५४ वर्षीय सुनिल राजवंशी पक्राउ परेका छन् ।

गएराति १०.३० बजे बिर्तामोड –६ स्थित एक घरमा सेक्युरिटी गार्डको डिउटी गरिरहेको अबस्थामा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत झापाको मिति गत फागुन ६ गतेको फैसलाले उनलाई ४ बर्ष ११ महिना ३ दिन कैद र नगद ५० हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनलाई भोलि जिल्ला अदालतमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।