बिर्तामोड , जेठ २४ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले झापाको बिर्तामोडमा आयोजित कोशी प्रदेश स्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन गरेकी छन् ।

बिर्तामोडको देवी माध्यमिक विद्यालयमा आयोजित विज्ञान प्रदर्शनीलाई मोबाइलको एप्सबाट दीप प्रज्वलन गरी उद्घाटन गरेकी हुन् ।
नेकपा एमाले विज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटीको आयोजनामा तीन दिने प्रदर्शनी संचालन भएको हो । बिज्ञान तथा प्रविधि बिभाग कोशी प्रदेश कमिटी अध्यक्ष गणेश पोखरेलको अध्यक्षता तथा पूर्व राष्ट्रपति भण्डारीको प्रमुख आतिथ्यतामा भइरहेको कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य एवं कोशी प्रदेश कमिटी इन्चार्ज शेरधन राई, प्रतिनिधि सभा सदस्य एलपी साँवा लिम्बू, विभिन्न विद्यालयका शिक्षक, विद्यार्थीहरु लगायत करिब १२ सय जनाको उपस्थिति रहेको जनाइएको छ ।