झापा, जेठ २४ । झापाको बुद्धशान्तिमा सुतिरहेकै ठाउँमा महिलाको मृत्यु भएपछि माइती पक्षले विवाद गरेका छन् ।

हिजो दिउँसो ४ बजे बुद्धशान्ति गाउँपालिका ४ बर्ने डाँडा बस्ने मन्दिप राईकी श्रीमती २६ वर्षीया मनिसा (निरौला) राई आफ्नै घरमा सुतिरहेको अवस्थामा सुतेकै ठाउँमा मृत फेला परेकी थिइन् । आज बिहान श्रीमान मन्दिपले अन्त्येष्टिका लागि लैजान खोज्दा माइती पक्षले विवाद गरी अन्त्येष्टि गर्न दिएनन् ।

इलाका प्रहरी कार्यालय बुधबारेमा जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको थियो । थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय धुलाबारीबाट गएको टोलीले संझाई बुझाई विवाद साम्य बनाएको छ । माइती पक्षले शंकास्पद मृत्यु भएको बताएका कारण मृतकको शवलाई पोस्टमार्टमको लागि धरान पठाइएको छ ।

मनिसालाई केही दिनदेखि ज्वरो आएको बताइएको छ । मनिसाले मन्दिपसंग दोस्रो विवाह गरेकी थिइन् । उनीहरुका एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्