बिर्तामोड, जेठ २४ । युवा व्यवसायी पूर्वेली ढुवानी सेवा प्रा.लिका सञ्चालक निर्मलराज खत्रीले छोरी नाइरा खत्रीको जन्मदिनको अवसरमा दुई वटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरेका छन् ।

उनले बिर्तामोड नगरपालिका वडा नम्बर ४ स्थित भक्तबारीमा रहेको तारा नमस्ते बालग्राम र मेघाबारीमा रहेको सिद्धिविनायक कर्मयोग भवन निर्माणको लागि सहयोग गरेका हुन् । खत्रीले बालग्राम सञ्चालक समितिका उपाध्यक्ष याम बिमलीलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।यस्तै कर्मयोग भवनको लागि निर्मलका बुवा छत्रबहादुर खत्रीको हातबाट संस्थाका प्रतिनिधि पत्रकार पुष्प खड्कालाई १५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे ।

व्यवसायी खत्रीले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा सामाजिक सेवाका लागि खर्च गर्नु उत्तम कार्य भएकोले छोरीको जन्मोत्सवको अवसरमा सामाजिक क्षेत्रमा सहयोग गरेको बताए । खत्रीले केही दिनअघि मात्रै आफ्नो जन्मदिनको अवसरमा बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यावसायिक सदस्य राहतकोषमा ५१ हजार रुपैयाँ सहयोग गरेका थिए ।

बालग्राममा आयोजित सहयोग हस्तान्तरण कार्यक्रममा व्यवसायी खत्रीकी जीवन संगिनी रेनुका लिम्बू (खत्री), सासुआमा दिलकुमारी लिम्बू, व्यवसायी हरिकेशर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्