झापा, जेठ २५ । झापाको कनकाई नगरपालिका वडा नं. २ धनुषकोटीस्थित माई खोलाको बिच भागमा बेवारिसे शव फेला परेको छ ।

तत्काल नाम, थर र वतन नखुलेको ,सेतो रङको कमेज सुरुवाल लगाएको बर्ष अन्दाजी ५० का पुरुष मानिस घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् ।

स्थानीयले देखेर आज बिहान इलाका प्रहरी कार्यालय सुरुङ्गामा जानकारी गराउनसाथ प्रहरी बरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहालको कमाण्डमा टोली खटिएर घटनास्थल सुरक्षित राखेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्