झापा,जेठ २५ । भोजपुर जिल्ला अस्पतालमा सञ्चालन भएको शिविरमा आङ खस्ने समस्या भएका १५ जनाको शल्यक्रिया गरिएको छ ।

निःशुल्क शल्यक्रिया शिविरमा उनीहरुको शल्यक्रिया गरिएको स्वास्थ्य कार्यालय भोजपुरका प्रमुख राजु श्रेष्ठले जानकारी दिए ।
’समस्या भएर पनि उपचार नपाउनुभएकालाई लक्षित गरी शिविर आयोजना गरिएको थियो, जसमा १५ जनाले शल्यक्रिया सेवा लिनुभयो,’ उनले भने ।
जिल्ला स्वास्थ्य कार्यालय भोजपुरको आयोजना तथा जिल्ला अस्पताल भोजपुरको समन्वयमा भएको शिविरमा भोजपुर अस्पताल, दमक अस्पताल, धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले सेवा प्रदान गरेका थिए । टिममा डा पवित्रा श्रेष्ठ, डा विजय रानाभाट, एनेस्थेसिया अम्बिका ढकाल लगायत थिए ।