झापा, जेठ २५ । झापाको दमकमा १५ दिने बसाइँपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज राजधानी फर्किएका छन् ।

आज दिउँसो १ः१५ बजे चन्द्रगढी विमानस्थलबाट यु४ ९५६ बुद्ध एयरको नियमित उडानमा पूर्वराजा ज्ञानेन्द्र शाह राजधानी फर्किएका हुन् । उनीसंगै छोरी प्रेरणा शाह, भतिजी सिताष्मा शाहसहित ५ सदस्यीय टोली काठमाडौं फर्किएको प्रहरी स्रोतले जनाएको छ ।
दमक ९ स्थित हिमालयन महालक्ष्मी टि इस्टेटको मिनी दरबारमा १५ दिनसम्मको बसाइँमा शाहले राप्रपाका केन्द्रीय उपाध्यक्ष उद्धब पौडेलबाहेक कसैलाई पनि भेटेनन् । उनलाई भेट्न दिनहुँ समर्थकहरु आइरहेपनि उनले भेट दिएनन् । कतिपय संघ संस्थाले भेट्न नपाएपछि चिया बगानको गेटमा बिन्ती पत्र छोडेर गएका थिए । शाह जेठ ११ गते झापा आएका थिए ।