झापा , जेठ २५ । इलाममा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् ।


जिल्ला प्रहरी कार्यालय इलाम तथा मातहत प्रहरी इकाईहरुबाट लागूऔषधबिरुद्ध विशेष कारबाही संचालन भइरहेको छ । लागूऔषध रोकथाम तथा नियन्त्रणको लागि इलाम प्रहरीले संचालन गरेको सोही विशेष अपरेशनअन्तर्गत जेठ २३ गते इलाम नगरपालिका ७ देवान चोकबाट १.३९० ग्राम ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा इलाम देउमाई नगरपालिका २ वस्ने २९ वर्षीय पासाङ शेर्पा , इलाम नगरपालिका ७ वस्ने २६ वर्षीय रुपन राई र माई नगरपालिका १ वस्ने २१ वर्षीय अबिरल राई रहेका छन् । उनीहरुको साथबाट बिभिन्न कम्पनीको मोबाईल ४ थान , मोटरसाइकल र स्कुटरसमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत इलाममा उपस्थित गराई ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको डीएसपी मानबहादुर राईले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्