बिर्तामोड, जेठ २६ । ऊर्जा , जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले विद्युत चुहावट नियन्त्रण गरी आम्दानी बढाउन विद्युत कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल विद्युत प्राधिकरणअन्तर्गत अनारमनी वितरण केन्द्रको हिजो निरीक्षण गर्दै मन्त्री खड्काले घाटा कम गर्न र आम्दानी बढाउन निर्देशन दिएको अनारमनी बितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले जानकारी दिए । मन्त्री खड्काले विद्युत आपूर्ति तथा सुरक्षामा ध्यान दिनसमेत निर्देशन दिएका थिए । मन्त्री खड्काको आगमनप्रति अनारमनी बितरण केन्द्रले हार्दिक आभार व्यक्त गरेको छ ।
मन्त्री खड्काले हिजै हुलाकी राजमार्गमा अलपत्र कन्काई पुल र पूर्वपश्चिम राजमार्गमा कटान हुन लागेको अर्को कन्काई पुलको अवलोकन गरेका थिए । साथै उनले शिवसताक्षीको माइधारमा रहेका जनताको तटबन्ध , सिंचाई र भूमिगत सिंचाई कार्यालयको निरीक्षण गरेका थिए ।