झापा, जेठ २६ । झापाको बिर्तामोड– २ स्थित चैतुवारीमा मृत भेटिएका व्यक्तिको पहिचान खुलेको छ ।

मृतक भारत आसाम सिरोङ बस्ने ४३ वर्षीय दिपेन मादुवा भएको खुलेको हो । उनको नेपालमा कोही पनि आफन्त नरहेको र आसाममा रहेका आफन्तलाई जानकारी गराइसकेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले बताए ।

चैतुबारीस्थित श्रीराम प्लाई उद्योग छेउमा चप्पलको सिरानी लगाएर सुतेकै अवस्थामा उनको मृत्यु भएको थियो । मृतकको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्