झापा, जेठ २६ । झापाको बिर्तामोडमा फेरि दिनदहाडै चोरी भएको छ ।

हिजो दिउँसो अन्दाजी ३.३० बजेतिर बिर्तामोड–५ एकता टोल बस्ने बालकृष्ण सुवेदीको घरबाट ८ लाख ४० हजार ५०५ रुपैयाँ बराबरको धनमाल चोरी भएको हो । सुवेदीको २ तले पक्की घरमा कोही नभएको बेला घरको पर्खालमा लगाएको फलामको ग्रिल फुटाई माथिल्लो तलाको ढोका र दराजको चाबी समेत फोरी दराजभित्र रहेको सुनको सिक्री–१ थान,सुनको लकेट–१ थान,तिलहरी–१ थान,औठी–१ थान,कानमा लगाउने टप–१ थान गरी जम्मा सुन ४ तोला ४ आना,चाँदी अन्दाजी १४ तोला चोरी भएको प्रहरीले जनाएको छ ।

चोरी गर्ने ब्यक्तिको खोजतलास तथा पहिचान गर्ने कार्य भइरहेको बिर्तामोड प्रहरीले जनाएको छ । बिर्तामोडमा चोरीका घटना रोकिएको छैन । केही दिनअघि प्रहरीले चोरीमा संलग्न तीनजनालाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्