झापा,जेठ २६ । नेपाली कांग्रेसका सांसद कृष्णप्रसाद पौडेलले कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी पूर्वतयारी योजना र रणनीति कार्यान्वयनमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् ।


सोमबार राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद पौडेलले छिमेकी मुलुक भारतमा कोरोना भाइरसका सङ्क्रमितको संख्या तीव्र गतिमा बढिरहेको यथार्थलाई मध्यनजर गरी सीमावर्ती नाकाहरूमा स्वास्थ्य परीक्षण र निगरानी प्रभावकारी बनाउन माग गरे ।
उनले विगतका कमीकमजोरीबाट पाठ सिक्दै कोरोनाले भविष्यमा निम्त्याउन सक्ने खतरालाई ध्यानमा राखी रोकथामका पूर्वतयारी कार्यान्वयनमा ल्याउन सरकार र स्वास्थ्य मन्त्रालयलाई आग्रह गरे ।
उनले छिमेकी मुलुक भारतमा विगत नौ दिनमा तीन हजार चार सय २३ जना कोरोना सङ्क्रमित थपिएको र ५८ जनाको मृत्यु भइसकेकाले नेपालमा पूर्वतयारीमा ढिलाइ गर्न नहुने बताए ।
नेपालबाट रोजगारीका लागि भारत जाने र भारतबाट रोजगारीका लागि नेपाल आउने नागरिकको सीमा आवागमन सहज र सुरक्षित बनाउनुपर्नेमा सांसद पौडेलले जोड दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्