झापा, जेठ २६ । तेह्रथुमको छथर गाउँपालिका वडा न.३ खिरखिरेस्थित नावा खोला नजिक रहेको तमोर नदीको बगरमा युवतीको शव फेला परेको छ ।

तत्काल नाम, थर र वतन नखुलेको अन्दाजी वर्ष १५ की युवतीको शव आज बिहान फेला परेको हो । बगाएर ल्याएको जस्तो देखिने शव ढुंगाको चेपमा अड्किरहेको अबस्थामा रहेको प्रहरीले जनाएको छ ।