झापा, जेठ २६ । इलाका प्रहरी कार्यालय कुमरखोदको प्रहरी प्रमुखमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव निरीक्षक किरण मोक्तान सरुवा भएर आएका छन् ।

कुमरखोद प्रहरी प्रमुख बिपिन थापाको इलाका प्रहरी कार्यालय बिर्तामोड सरुवा भएसगै उनको ठाउँमा मोक्तान आएका हुन् । थापा ६ महिनाअघि इलाका प्रहरी कार्यालय कुमरखोद प्रमुखका रुपमा सरुवा भएर आएका थिए ।

पछिल्लो समय इलाका प्रहरी कार्यालय कुमरखोदमा प्रायः ६÷६ महिनामा प्रहरी प्रमुखहरुको सरुवा हुँदै आएको छ । इलाका प्रहरी कार्यालय कुमरखोदको कमाण्ड सम्हालेका मोक्तानले लागूऔषध र तस्करी नियन्त्रणमा प्राथमिकताका साथ लाग्ने बताएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्