झापा, जेठ २६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को केन्द्रीय सल्लाहकारमा नारायणप्रसाद घिमिरे मनोनित भएका छन् ।

झापाको गौरादह स्थायी घर भएका घिमिरे माउण्ट एभरेष्ट अंग्रेजी माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल हुन् । बिगत लामो समयदेखि संस्थागत विद्यालयको छाता संगठन प्याब्सनमा आवद्ध घिमिरे केन्द्रीय सल्लाहकारमा मनोनित भएसंगै प्याव्सन झापाले स्वागत सम्मान गरेको छ ।
प्याब्सन झापाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच घिमिरेलाई स्वागत सम्मान गरिएको प्याब्सन झापाका सचिव लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
प्याब्सनको केन्द्रीय सल्लाहकारमा मनोनित घिमिरे निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाको दुई कार्यकाल अध्यक्ष थिए । उनी २०६६÷देखि २०७० सम्म प्याब्सन झापाको अध्यक्ष थिए । त्यसलगत्तै केन्द्रीय सदस्य बनेका उनी मुलुकमा संघीयता आएपछि पहिलो पटक कोशी प्रदेश अध्यक्ष बने । दुई कार्यकाल केन्द्रीय उपाध्यक्ष बनेका घिमिरे हाल सल्लाहकारमा मनोनित भएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी लगायत विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध उनी राष्ट्रिय सहकारी संघमा दुई पटक सञ्चालक बनेका थिए । प्याब्सनको केन्द्रीय सल्लाहकारमा मनोनित घिमिरे लामो समयदेखि शिक्षा क्षेत्रमा काम गर्दै आएका छन् ।