झापा, जेठ २६ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाले भवन स्तरोन्नति गर्ने भएको छ ।

बिर्तामोड नगरपालिका १ स्थित गैरीगाउँमा रहेको एक तले भवनको स्तरोन्नति गर्दै आधुनिक र सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो ।
जसका लागि प्याव्सन झापाका प्रमुख सल्लाहकार एवम् कोशी प्रदेशका सचिव गौरीमान फागोको संयोजकत्वमा ११ सदस्यीय भवन निर्माण उपसमिति गठन गरिएको छ । समितिको सदस्यहरुमा एलपी उप्रेती, छत्रवहादुर कार्कीसहित सचिवालयका अन्य सदस्य रहेका छन् । सचिवालमा हरिकृष्ण पाठक, टीआर गौतम, इश्वरा श्रेष्ठ, लक्ष्मीप्रसाद उप्रेती, अमृतकुमार तिम्सिना, जीवन शिवाकोटी , विनोद सुब्बा र नारायण सुवेदी रहेका छन् । समितिले भवन निर्माणको काम तत्कालै शुरु गर्ने जनाएको छ ।
झापा प्याब्सनको सम्पन्न बैठकले प्राज्ञिक सल्लाहकार समितिसमेत गठन गरेको छ । जसमा मोहन सुब्बा, गुरुभक्त न्यौपाने, राम सिटौला, अमृतवहादुर बुढाथोकी, अखिल कोइराला, जनार्दन ढकाल र हरि अधिकारी रहेका छन् ।
त्यस्तै साँस्कृतिक कार्यक्रम उपसमिति संयोजकका रुपमा हरिकृष्ण पठक चयन भएका छन् । समितिको सदस्यहरुमा याम दंगाल, वद्रीराम राई, अनुप रोय, जनार्दन मैनाली, मिलन श्रेष्ठ, समिक्षा गौतम रहेका छन् । समितिले पालिका तथा जिल्ला स्तरीय विभिन्न प्रतियोगितात्मक कार्यक्रम गर्ने गराउने छ ।
यता लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा इसीए उपसमिति गठन भएको छ । समितिमा टेकनाथ तिम्सिना र धनप्रसाद राजवंशी सदस्य रहेका छन् ।
अमृतकुमार तिम्सिनाको संयोजकत्वमा खेलकुद उपसमिति गठन भएको छ । जसको सदस्यहरुमा बिक्रम क्षेत्री, विनोद उप्रेती, दिपक संग्रौला, गणेश श्रेष्ठ, विनोद वुढाथोकी, सिताराम बराल, लीलामणि राई र कल्पना थापा रहेका छन् ।
जीवन शिवाकोटीको संयोजकत्वमा तालिम उपसमिति गठन भएको छ । समितिको सदस्यहरुमा भवानीप्रसाद पाठक, सुरेन्द्र खरेल, उत्तम खनाल, डम्वरु रुचाल रहेका छन् ।
यता भीम विजय बास्तोलाको संयोजकत्वमा लेखा उपसमिति गठन भएको छ । जसको सदस्यमा गोकुल उप्रेती र प्रमिला बजगाई रहेका छन् ।
विनोद सुब्बाको संयोजकत्वमा विवाद समाधान उपसमिति गठन भएको छ । जसको सदस्यमा तिलक पाख्रिन, रामप्रसाद सुहाङ , रुद्र सिटौला, भोजबहादुर कार्की , विष्णु सापकोटा र मोहन थापा रहेका छन् ।
यसअघि प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीको अध्यक्षतामा नौ सदस्यीय सचिवालय, वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठकको संयोजकत्वमा परीक्षा उपसमिति र सचिव लक्ष्मीप्रसाद उप्रेतीको संयोजकत्वमा पाँच सदस्यीय सूचना तथा सञ्चार उपसमिति गठन भएको थियो ।
प्याब्सन झापाले हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको सहकार्यमा पालिका स्तरीय ट्राफिक सचेतना कार्यक्रम गर्दै आएको छ ।
सामाजिक कार्यमा ‘संस्थागत विद्यालय’ र ‘विपदमा प्याब्सन’ भन्ने नारासहित अति विपन्न विद्यार्थीको अभिभावकत्व ग्रहण लगायतका काम गर्दै आएको छ । यसका साथै निजी विद्यालयहरुको संरक्षण, शिक्षक साथै कर्मचारीहरुको पेशागत हित , विद्यार्थीलाई समयसापेक्ष र गुणस्तरीय शिक्षा प्रदान गर्न अब्बल जनशक्ति उत्पादनका लागि सृजनात्मक काम गर्दै आएको प्याब्सन झापाका अध्यक्ष छत्रवहादुर कार्कीले बताए ।