कुमरखोद, जेठ २६ ।झापा गाउँपालिकाको झापा बजारमा आजदेखि कंक्रिट व्लक लगाउने काम शुरु भएको छ ।

प्रदेश सांसद लखीकुमारी गणेशको पहलमा झापा बजारमा ब्लक लगाउने काम भएको हो ।
झापा गाउँपालिका वडा नं २ अन्तर्गत पर्ने झापा बजारको हुलाकी सडकखण्डको उत्तर र दक्षिण दुवै भागमा ब्लक लगाउने काम धमाधम भइरहेको छ ।

ब्लक ओछ्याउने ठेक्का विल्कन इण्डष्ट्रीज प्रा.लि.अर्जुनधाराले २२ लाख ७३ हजार ४८७ रुपैयाँमा लिएको छ । कम्पनीका प्रतिनिधि घनश्याम ढुङ्गेलका अनुसार ३१५ मिटर लम्वाईमा उत्तरपट्टीको भागतर्पm १६५ मिटर, दक्षिणतर्पm १५० मिटर र चौडाई ४ मिटर रहने छ । उनले १५ दिनभित्रमा काम सम्पन्न गर्ने जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्