झापा, जेठ २७ । झापासहित पूर्वका तीन जिल्लामा तीन जना मृत फेला परेका छन् ।

गएराति ११ बजे झापाको कमल गाउँपालिका –३ गुरुङ टोलमा एक वृद्धा मृत फेला परेकी हुन् । भुजेल गाउँ घर भएकी अन्दाजी ७५ वर्षकी धनलक्ष्मी दर्जी नाम बताउने वृद्धा मृत भेटिएको प्रहरीले जनाएको छ । यसअघि उनलाई दमक –७ स्थिते महिला संरक्षण गृह (सेफ हाउस) मा लगि राखिएको थियो ।

त्यस्तै इलामको चुलाचुली गाउँपालिका ६ तोरीबारी पाखा टोलस्थित सार्वजनिक कच्ची शाखा बाटोको बीचमा महिला मृत फेला परेकी छन् । सोही ठाउँ बस्ने दानबहादुर बिश्वकर्माकी श्रीमती ४४ वर्षीया सीता बिश्वकर्मा उतानो परी मृत अवस्थामा हिजो साँझ फेला परेको प्रहरीले जनाएको छ । मृतक महिला अत्यधिक मादक पदार्थ सेवन गरी हिड्ने बुझिएको छ ।

त्यस्तै मोरङको बिराटनगर ११ नयाँ गुद्रीमा तत्काल नाम ,थर र वतन नखुलेको अन्दाजी ५० वर्षको हेर्दा तराई मुलको जस्तो देखिने पुरुष मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्