झापा, जेठ २७ । भोजपुरमा सर्पले टोकेर एकजना शिक्षकको मृत्यु भएको छ ।

सप्तरी बिषनपुर गाउँपालिका घर भई हाल भोजपुर आमचोक वडा न. १० पाङटारस्थित लक्ष्मी माबिमा कार्यरत शिक्षक ३६ वर्षीय देबनारायण साहको सर्पको टोकाइबाट मृत्यु भएको हो ।
भबिन्द्र राईको घरमा भाडामा बस्दै आएका साह गएराति ११ बजे पिसाव फेर्न बाहिर निस्किदा ढोकामा उनको बायाँ खुट्टाको बुढी औलामा सर्पले टोकेको थियो । घाइतेलाई उपचारको लागि वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।